Nominated First Coordination committee

237-265 Oaklands Road,

New year 2081 tatha vitte patro bimochan program

Australia

Deusi vailo program

Australia

दीप प्रज्वलन तथा घुमौ भरतपुर प्रवर्धन कार्यक्रम

Australia

चितवन समाज साउथ अस्ट्रेलिया

Australia

Free Health Camp with 9 Lions Clubs

Kalika-10, Chitwan, Nepal

Chitwan Samaj Football Team

Australia

About Us

Chitwan Samaj South Australia (CSSA INC) is a non-profit community organization dedicated to serving the Chitwan community residing in South Australia. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Our Goal is to create a strong and connected community of individuals with Chitwan heritage residing in South Australia, fostering a sense of belonging and support.

Executive Members

Uttam Adhikari

President

Anup chandra Subedi

Vice-President

Achyut Dhamala

Secretary

Shudarshan Upreti (Prince)

Treasurer

Our Recent Events

Our Blog

चितवन समाज साउथ अस्ट्रेलिया : स्थापना, इतिहास र परिचय

21/11 2025

चितवन समाज दक्षिण अष्ट्रेलियाको दोस्रो अधिवेशनमा अध्यक्ष उत्तम अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन

 

आदरणीय अग्रज समाजसेवी मित्रहरू, तथा यहाँ उपस्थित सम्पूर्ण सदस्यज्यूहरू, हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु  तपाईंहरू सबैलाई यस अधिवेशनमा हार्दिक स्वागत गर्दछु।

 

आज हामी हाम्रो संस्थाको दोस्रो अधिवेशनका लागि यहाँ एकत्रित भएका छौँ। प्रारम्भिक रूपमा २० सेप्टेम्बरमा भव्य समारोहका साथ—भरतपुर महानगरका मेयर, उपमेयर, पूर्व मेयर तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा—कार्यक्रम आयोजना गर्ने हाम्रो योजना थियो। तर, देशभर चलेको जेन–जे आन्दोलन र त्यसले निर्माण गरेको संवेदनशील परिस्थितिका कारण हामीले उक्त कार्यक्रम स्थगित गर्नुपरेको थियो।

यस आन्दोलनका क्रममा देशका लागि आफ्नो जीवन समर्पण गर्ने युवाहरूको असामयिक निधनले हामी सबै अत्यन्त दुःखी छौँ। तिनीहरूप्रति म यस मञ्चबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। हामी आशावादी छौँ—हाम्रो मातृभूमि अवश्य पनि स्थायित्व र समृद्धिको बाटोतर्फ अघि बढ्नेछ। हामीले देखेका सपना, बोकेका आशा–आकांक्षाहरू पूर्ण हुँदै जानेछन्।

यद्यपि, शोक र चुनौतीका बीच पनि जिम्मेवारी र कर्तव्य रोकिनु हुँदैन। त्यसैले, आज हामी कुनै तामझामबिना, अत्यन्त साधारण तर गरिमामय तरिकाले—आफ्नै सदस्यहरूको उपस्थितिमा—यो अधिवेशन सम्पन्न गर्दैछौँ।

 

आफ्नो व्यस्त समयबाट यहाँ उपस्थित हुनुभएका हरेकलाई म हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु र तपाईंहरू सबैलाई यस अधिवेशनमा हार्दिक स्वागत गर्दछु।

 

प्रवासमा नेपालीको यात्राः एक संक्षिप्त पृष्ठभूमि

दक्षिण अष्ट्रेलियामा चितवन समुदायको बसोबास

  1. भूमिका

चितवन मध्ये नेपालमा अबस्थित तराईको हरियाली, चुरे-पहाडको शीतलता, र राप्ति रेवा र नारायणी नदीको काखमा सजिएको  जिलला हो। नेपालको चितवन र अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया (South Australia) भौगोलिक र सामाजिक सन्दर्भमा अत्यन्तै फरक भए पनि, दुवैको आफ्नै पहिचान, सौन्दर्य र महत्व छ। एउटा प्राकृतिक र कृषि प्रधान जिल्ला हो भने अर्को विशाल भूभाग र आधुनिक जीवनशैलीको केन्द्र हो। भौगोलिक हिसाबले  मध्य-दक्षिण भाग, बागमती प्रदेश अन्तर्गत २,२१८ वर्ग कि.मी.क्षेत्रफल मा फैलियाको चितवन  तराईको समथर भूभाग, चुरे पहाड र सिमसार क्षेत्रको मिश्रण बाट बनेको छ भने दक्षिण अष्ट्रेलिया (South Australia) अष्ट्रेलियाको दक्षिणी भाग, समुद्र तट र मरुभूमि सम्मिलित ९८३,४८२ वर्ग कि.मी. (चितवनभन्दा सयौं गुणा ठूलो) छ I दक्षिण अष्ट्रेलिया चितवनभन्दा करिब ४४० गुणा ठूलो छ भने नेपालभन्दा करिब सात गुणा ठूलो छ। जनसंख्या र बसोबासको तुलना गर्दा  चितवनको जनसंख्या (२०२१): करिब ७,१९,००० छ भने  दक्षिण अष्ट्रेलियाको जनसंख्या करिब १८ लाख (२०२५ अनुमान., ८०% भन्दा बढी  ग्रेटर  एदिलेदा मा बस्दछन ) चितवन यहाबाट  करिब ९,५०० किलोमिटर टाढा, रहेको छ ।

१९६० को दशकदेखि थोरै संख्यामा मात्र नेपाली अष्ट्रेलिया आयका थिए। विद्यार्थी र दक्ष कामदारको संख्यामा वृद्धिसँगै १९८० पछि आप्रवासन बढ्दै गयो, र २००० पछि  भने उल्लेख्य रूपमा बढेको पाइन्छ। सिड्नीमा पहिलो व्यवस्थित नेपाली विद्यार्थी समूह १९७६ मा बनेको हो, जसको नेतृत्व श्री गोविन्द शाहले गरेका थिए, जो सिड्नी विश्वविद्यालयका छात्रवृत्ति विद्यार्थी थिए। उनले सानो संख्याका नेपाली विद्यार्थीहरूसँगै १९७६ मा Nepalese Australian Association स्थापना गर्न महत्वपूर्ण भूमिका खेले। अर्कोतर्फ, १९७५ मा अष्ट्रेलिया पुगेकी इन्द्रा बनलाई पनि प्रारम्भिक नेपाली आप्रवासीमध्ये एक मानिन्छ। उनी पछि Medal of the Order of Australia (OAM) पाउने पहिलो नेपाली बनेकी थिइन्।

एडेलेडमा पहिलो नेपाली १९७० को दशकमा आयको बताइन्छ,  यद्यपि ऐतिहासिक अभिलेखमा कुनै व्यक्तिको नाम दर्ता भएको छैन। सन् १९७७ मा  एडिलेडमा पहिलो नेपालि र चितवन बाट अस्ट्रेलियामानै पहिलो पटक  कुमार श्रेष्ठ आउनु भयको कुरा अग्रज हरुको छलफल आधारमा पाइन्छ । पहिलो  सामाजिक संथा २०१२ मा आधिकारिक रूपमा Adelaide Nepalese Society SA, Australia को रूपमा दर्ता भयको पाइन्छ। जसले सांस्कृतिक प्रवर्द्धन र सामुदायिक सहयोगमा ध्यान दिदै यस संस्थाले एडेलेड नेपली विद्यालय (Adelaide Nepali Vidhyalaya) सञ्चालन गर्छ, जसले बालबालिकाहरुलाई  नेपाली भाषा र संस्कृति सिकाउँदै आयको छ ।

अष्ट्रेलियामा नेपाली समुदाय पछिल्ला वर्षमा तीव्र गतिमा बढिरहेको छ। Australian Bureau of Statistics (ABS) र अनुमानित अद्यावधिक तथ्याङ्क अनुसार: नेपालमा जन्मिएका  तर हाल अष्ट्रेलियामा बसोबास गर्नेहरूलाई मात्र सन् २०२१ मा करिब १,२२,५०० जना २०२५ मा करिब १,९७,८०० जना (अनुमान) raheko anuman chha भने एडिलेडमा २०२१ को जनगणना अनुसार ग्रेटर एडिलेडमा नेपालमा जन्मिएका ७,०५५ जना २०१६–२०२१ बीच वृद्धि दर १२३% भन्दा बढी भयकोले  २०२५ अनुमानित स्थिति: नेपालमा जन्मिएका बसाइसरै गरि आयका १३,५०० – १५,००० जना नेपाली मूल/वंश र अष्ट्रेलियामा जन्मिएका समेत २०,०००+ hunasakne anuman gariyako chha. अहिले एडिलेडको हरेक क्षत्रमा  नेपाली भाषाको मिठास र चितवनको माटोको सुवास भेटिन्छ। अनौपचारिक अनुमानअनुसार, यहाँ बसोबास गर्ने नेपाली समुदायको ३०–४०% चितवन मूलका हुनसक्छने अनुमान गरियको छ। 

चितवनमा ग्रामीण र अर्धशहरी जीवनशैली, सामुदायिक भावना र पारिवारिक सम्बन्ध बलियो, चाडपर्व र सांस्कृतिक गतिविधिहरूमा केन्द्रित छ भने दक्षिण अष्ट्रेलिया आधुनिक विकास, बहुसांस्कृतिक समाज र आर्थिक समृद्धिको केन्द्र, व्यक्तिगत स्वतन्त्रता र व्यस्त जीवन, कला, संगीत र खेलकुदसँग जोडिएको सामाजिक वातावरण रहेको छ।

 

नेपालीहरू अष्ट्रेलिया आउने प्रमुख कारणहरू

आजको विश्वमा शिक्षा, रोजगारी, जीवनस्तर र अवसरका खोजीले मानिसलाई देश–देशान्तरसम्म लैजाने गरेको छ। नेपालजस्तो विकासोन्मुख मुलुकका युवायुवती तथा परिवारहरू पनि उत्तम जीवन र भविष्यको खोजीमा विदेशतिर आकर्षित हुने प्रवृत्ति बढ्दो छ। अष्ट्रेलिया हालका वर्षहरूमा नेपालीहरूका लागि प्रमुख गन्तव्य बनेको छ। यसको पछाडि विभिन्न सामाजिक, शैक्षिक, आर्थिक तथा व्यक्तिगत कारणहरू रहेका छन्।

. गुणस्तरीय शिक्षा

अष्ट्रेलिया विश्वकै उत्कृष्ट शिक्षण संस्थानहरूको गन्तव्य मानिन्छ। यहाँका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरको डिग्री प्रदान गर्ने मात्र नभई अनुसन्धानका अवसरहरू पनि उपलब्ध गराउँछन्। साथै, विद्यार्थीहरूले अध्ययनसँगै आंशिक समय काम गर्ने सुविधा पाउने भएकाले धेरै नेपाली विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया आउँछन्। यसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर हुन सहयोग पुर्‍याउने मात्र नभई विश्वस्तरको ज्ञान र अनुभव हासिल गर्ने अवसर पनि दिन्छ।

. रोजगारी आर्थिक अवसर

अष्ट्रेलिया उच्च जीवनस्तर र राम्रो आम्दानीको अवसरका लागि प्रसिद्ध छ। यहाँ न्यूनतम तलब नै नेपालमा भन्दा धेरै उच्च छ, जसले सामान्य कामदारलाई समेत सहज जीवनयापन गर्न सहयोग पुर्‍याउँछ। धेरै नेपालीहरूले अष्ट्रेलियामा काम गरेर परिवारलाई आर्थिक सहयोग गर्ने, आफ्नो भविष्य सुरक्षित गर्ने र जीवनस्तर उकास्ने लक्ष्य राखेका हुन्छन्।

. स्थायी बसोबासको अवसर

अष्ट्रेलियाको प्रवासी नीति तुलनात्मक रूपमा खुला छ। Skilled Migration Program, Student to PR Pathway जस्ता अवसरहरूले नेपालीहरूलाई स्थायी रूपमा बसोबास गर्ने ढोका खोलेका छन्। सुरक्षित भविष्य, स्थायी रोजगारी, राम्रो स्वास्थ्य सेवा र शैक्षिक वातावरणको खोजीमा रहेका धेरै नेपालीहरूले अष्ट्रेलियालाई दीर्घकालीन गन्तव्यको रूपमा रोजेका छन्।

. सुरक्षित आधुनिक जीवनस्तर

अष्ट्रेलिया शान्तिपूर्ण, सुरक्षित र बहुसांस्कृतिक समाजका लागि परिचित छ। यहाँको स्वास्थ्य प्रणाली, शिक्षा प्रणाली र सामाजिक सुरक्षाले मानिसलाई निश्चिन्त भएर बस्न प्रेरित गर्छ। यसका साथै वातावरणीय दृष्टिले समेत सफा र व्यवस्थित भएकाले नेपालीहरू यसतर्फ आकर्षित हुन्छन्।

. परिवार पुनर्मिलन

पहिले अष्ट्रेलिया आएका विद्यार्थी वा पेशागत व्यक्तिहरू पछि आफ्ना परिवारलाई Dependent Visa, Partner Visa वा Family Reunion Visa मार्फत ल्याउने गर्छन्। यसले यहाँको नेपाली समुदायलाई अझ ठूलो र सुदृढ बनाएको छ। परिवारसँगै बसेर सुरक्षित र आत्मीय वातावरणमा जीवनयापन गर्न सकिने सम्भावना पनि अष्ट्रेलिया आउने प्रमुख कारणमध्ये एक हो।

. सामाजिक सांस्कृतिक आकर्षण

अष्ट्रेलियामा नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। विभिन्न संघसंस्था, गैरआवासीय नेपाली संघ (NRNA), समाजिक र सांस्कृतिक संस्थाहरूले नेपाली समुदायलाई आत्मीयता, सहयोग र पहिचान दिन्छन्। नेपाली चाडपर्व, सांस्कृतिक कार्यक्रम, खेलकुद र समाजसेवाका क्रियाकलापले नयाँ आउने नेपालीलाई घरमै बसेझैँ अनुभूति दिलाउँछन्।

 

निष्कर्ष

यसरी हेर्दा, नेपालीहरू अष्ट्रेलिया आउने प्रमुख कारणहरूमा गुणस्तरीय शिक्षा, रोजगारी र आर्थिक अवसर, सुरक्षित र आधुनिक जीवनस्तर, स्थायी बसोबासको सम्भावना, परिवार पुनर्मिलन र सामाजिक–सांस्कृतिक आकर्षण रहेका छन्। यी सबै कारणहरूले गर्दा अष्ट्रेलिया नेपालीहरूको लागि मात्र होइन, विश्वकै आकर्षक गन्तव्यको रूपमा स्थापित भएको छ।

 

आदरणीय अग्रज समाजसेवी मित्रहरू, सञ्चारकर्मी, तथा यहाँ उपस्थित सम्पूर्ण आदरणीय  सदस्यहरू र प्रिय समुदायजन, चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) को तर्फबाट म यहाँ प्रस्तुत प्रतिवेदन मार्फत संस्थाले हालसम्म सम्पन्न गरेका गतिविधिहरूको   बिस्तृत विवरण प्रस्तुत गर्न पाउँदा हर्ष र गर्व अनुभव गर्दछु।

 

हाम्रो समाजले स्थापनाकालदेखि नै नेपाली संस्कृतिको जगेर्ना, सामुदायिक एकता, सामाजिक सहभागिता तथा भावी पुस्तालाई नेपाली मूल्य–मान्यतासँग जोडिराख्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस क्रममा समुदायभित्र विविध उमेर, पेशा र पृष्ठभूमिका व्यक्तिहरूको सक्रिय सहभागिता, यहाँ उपस्थित अतिथि महानुभावहरूको मार्गदर्शन, र सम्पूर्ण शुभचिन्तकहरूको सहयोगले हामीलाई निरन्तर अगाडि बढ्न प्रेरणा दिएको छ।

यो प्रतिवेदन केवल विगतका गतिविधिहरूको विवरण मात्र नभई हाम्रो सामूहिक प्रयास, सफलताहरू, सिकाइ र भावी योजनाको प्रतिबिम्ब पनि हो। प्रतिवेदन प्रस्तुत गर्नुको मुख्य उद्देश्य समाजका सदस्यहरूलाई पारदर्शी जानकारी दिनुका साथै समुदायबीच आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउन सक्नु हो।

यस प्रतिवेदन तयार पार्ने क्रममा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। हामी सबैको संयुक्त प्रयासले समाज अझ सबल, संगठित र सफल हुने विश्वासका साथ म अब यो प्रतिवेदन प्रस्तुत गर्न चाहन्छु।

 

  1. चितवन समाज साउथ अष्ट्रेलियाको इतिहास

   चितवन समाज — हाम्रो साझा पहिचान

चितवन समाज साउथ अष्ट्रेलिया (Chitwan Samaj South Australia) दक्षिण अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासी नेपालीहरूले स्थापना गरेको एक विशुद्ध सामाजिक संस्था हो। यसको औपचारिक स्थापना सन् २०२३ मा भए पनि, यसको बीजारोपण सन् २०१९ जुनदेखि नै भएको पाइन्छ। त्यो  समय दक्षिण अष्ट्रेलियामा चितवनबाट आउने नेपालीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै जाँदा समाज गठन गर्ने प्रयास बारम्बार भइरहेका थिए।

सुरुवातमा केही उत्साही युवा र अनुभवी अग्रजहरूको सानो समूहले नियमित भेटघाट र आपसी सहयोगको भावना बोकेर संस्थाको प्रारम्भिक स्वरूप तयार हुदै थियो यसै बिच  सन् २०१९ तिर उत्तम अधिकारीको पहलमा दीपक पौडेल, प्रेम पाठक, अपिल कँडेल, सन्तोष बस्नेत, आर.सी. भट्टराई, केशव राज भण्डारीलगायत सक्रिय व्यक्तिहरूको सहभागितामा प्रारम्भिक छलफलहरू भए। त्यस क्रममा Viber ग्रुप समेत गठन गरियो। तर संयोजक तोक्ने विषयमा सहमति नजुटेकाले तत्काल प्रक्रिया अघि बढ्न सकेन, यद्यपि छलफल भने निरन्तर चलिरह्यो।

सन् २०२३ मा नेपालबाट आएका युवा  कौशल उप्रेती एडिलेड आइपुग्दा यहाँ चितवन समाज अस्तित्वमा नरहेको थाहा पाउनु भयो । त्यसपछि नवीन कडेल, आशिष वाग्ले, उत्तम अधिकारी, कृष्ण भट्टराई, अपिल कँडेल, बिदुर सापकोटा, श्री सापकोटा लगायतका सदस्यहरूसँग निरन्तर छलफल भयो। कौशल उप्रेतीले Messenger ग्रुप बनाएर छलफल अघि बढाउनु भयो , जसमा करिब २५० भन्दा बढी सदस्य जोडिए। त्यसपछि अपिल कँडेलको निवासमा  २१ मार्च २०२३ मा प्रारम्भिक  बैठक बस्यो। सो बैठकमा उपस्थितहरूले २५–२५ डलर संकलन गर्ने निर्णय गर्ने र  २४ मार्च २०२३ मा Oakland Reserve Park मा “चितवन समाज दक्षिण अष्ट्रेलिया तदर्थ समिति” गठन गर्ने विशेष भेला आयोजना गर्ने सहमति भयो। कार्यक्रमको तयारीका लागि सपिङ्गको जिम्मा कौशल उप्रेतीले लिए भने व्यवस्थापन नवीन कडेल, कृष्ण भट्टराई, उत्तम अधिकारी, अपिल कँडेल, दीपक पौडेल लगायतले सम्मल्नु भयो ।

 

C  चितवन समाज साउथ अष्ट्रेलियाको ऐतिहासिक प्रथम भेला

   पृष्ठभूमि र प्रारम्भिक भावना

मिति: २४ मार्च २०२३.   

स्थान: Oakland Reserve Park, Adelaide, South Australia

विदेशी भूमिमा रहँदा पनि आफ्नो जरा, संस्कृति र पहिचानलाई जीवन्त राख्न सक्नु गर्वको कुरा हो। विशेषगरी चितवनको समृद्ध ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका हामी प्रवासीहरूको साझा आकांक्षा थियो—एउटा यस्तो संस्था जसले सम्पर्कको सेतु, सहयोगको आधार र पहिचानको स्तम्भ बन्न सकोस । यही सोचलाई मूर्तरूप दिन २४ मार्च २०२३ मा Adelaide मा सम्पन्न ऐतिहासिक भेलाले चितवन समाज साउथ अष्ट्रेलियाको प्रारम्भिक यात्रा आरम्भ गर्‍यो। सो दिन करिब ८० जना चितवनबासी नेपालीहरूको उत्साहजनक उपस्थितिमा समाजको जग बसालियो।

कार्यक्रमको झलक

तदर्थ समितिको लागि भयको  उक्त भेला आत्मीयता, अपनत्व र उत्साहले भरिपूर्ण रह्यो।  कार्यक्रमको सभापतित्व नवीन कडेलले गर्नुभयो। सञ्चालन कृष भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उत्तम अधिकारीले दिनुभयो। कार्यक्रममा नवीन कडेल, आशिष वाग्ले, प्रेम पाठक लगायत अग्रजहरूले मन्तव्य राख्दै समाजको आवश्यकता, दीर्घकालीन महत्व र सामुदायिक एकताको मूल्यबारे आफ्ना विचार व्यक्त गर्नु भयो । यस भेलाले सहभागीबीच अपनत्व र एकताको भावना अझ प्रबल र प्रगाढ बनाउदै लग्यो ।

निर्वाचन समिति गठन

सर्वसम्मत निर्णयअनुसार समाजको प्रारम्भिक ढाँचा बनाउन निर्वाचन समिति गठन गरियो। यसमा नवीन कडेल, आशिष वाग्ले र प्रेम पाठक सदस्य रहनुभयो। समितिले १३ सदस्यीय तदर्थ समिति गठनगर्‍यो। भेलामा खगेन्द्र सापकोटा र उत्तम अधिकारी संयोजक बन्न इच्छुक हुनुहुन्थ्यो भने २० भन्दा बढीले सदस्यका रूपमा योगदान गर्न चाहनुभयो। अन्ततः खगेन्द्र सापकोटाको संयोजकत्वमा निम्न १३ सदस्यीय समिति गठन भयो:

तदर्थ समिति (२०२३)

संयोजक: खगेन्द्र सापकोटा. सदस्यहरू: उत्तम अधिकारी, कृष्ण भट्टराई, कौशल उप्रेती, अच्युत धमला, अनुपचन्द्र सुबेदी, अनिता पौडेल, सुदर्शन उप्रेती, विष्णु चापागाईं, दीपक पौडेल, काजल गैरे, कुशुम थपलिया, रोशन कँडेल I भेलाले उक्त समितिलाई तीन महिनाभित्र विधान तयार गर्ने, समाजलाई औपचारिक रूपमा दर्ता गर्ने र पहिलो साधारण सभा सम्पन्न गरी नयाँ पूर्ण कार्यसमिति गठन गर्ने जिम्मेवारी सुम्पियो ।

 

समाजको  गठनको   उद्देश्य र आवश्यकता 

  • चितवनबासीबीच आपसी एकता, सद्भाव र सहकार्य विकास गर्नु।
  • सांस्कृतिक, सामाजिक र शैक्षिक कार्यक्रम आयोजना गर्दै समुदायलाई सशक्त बनाउनु।
  • संस्था दर्ता, विधान निर्माण र संरचना विकास गर्नु।
  • नयाँ आप्रवासीलाई जानकारीमूलक सहयोग उपलब्ध गराउनु।
  • नेपाल र चितवनको गौरवलाई प्रवासमा चिनाउने माध्यम बन्नु।
  • विभिन्न पेशा–क्षेत्रका चितवनबासीलाई एउटै छातामुनि संगठित गर्दै सामाजिक उत्तरदायित्व

      वहन  गर्नु।

  • आपतकालीन अवस्थामाअनुसार मानवीय सहयोग पुर्‍याउने।

तदर्थ समितिका प्रमुख कार्यहरू यसप्रकार थिए:

  • संस्थाको विधान तयार गर्नु।
  • समाजलाई तीन महिनाभित्र दर्ता प्रक्रिया अगाडि बढाई साधारण सभा सम्पन्न गर्ने।
  • प्रारम्भिक कार्यक्रम आयोजना गरी सदस्यहरूको सहभागिता बढाउने।
  • लोगो, बैंक खाता र सदस्यता प्रणाली सञ्चालनमा ल्याउने।

यस समितिले समुदायलाई संगठित गर्दै प्रवासी चितवनबासीहरूको आवाजलाई संस्थागत बनायो। २४ मार्च २०२३ को भेला र त्यसबाट गठन भएको समिति नै आजको चितवन समाज SA को आधारशिला बन्नुका साथै सदस्यहरूको दृढ इच्छाशक्ति र प्रतिबद्धताले यस संस्थाले प्रवासमा चितवनबासीहरूको साझा पहिचानलाई सुदृढ मात्र होइन, गर्विलो बनाएको छ। समितिले सुरु देखिनै आपसी समन्वय, सहयोग र विश्वासको वातावरण सिर्जना गर्दै विदेशमा रहेका चितवनबासी नेपालीहरूबीच एकताको नयाँ अध्याय लेखेको छ। आज चितवन समाज केवल एउटा संस्था मात्र होइन, सम्बन्धको सूत्र, सहयोगको केन्द्र र सामुदायिक कार्यको आदर्श संस्थाका रूपमा अघि बढिरहेको छ।

 

 

 

 

 

 

  1. चितवन समाज साउथ अष्ट्रेलियाको पहिलो साधारण सभा

 मिति: २३ सेप्टेम्बर २०२३    स्थान: Fresh Chulo Hall, Adelaide

चितवन समाज साउथ अष्ट्रेलियाको गौरवपूर्ण इतिहासको एक अविस्मरणीय दिन :- 

 

२३ सेप्टेम्बर २०२३ मा, समाजको पहिलो साधारण सभा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भयो। Fresh Chulo, Adelaide को  हलमा आकर्षक वातावरणमा आयोजित उक्त कार्यक्रमले चितवनबासीहरूको एकताको बलियो  अध्यायको थालनी गर्‍यो। कार्यक्रमको सभापतित्व समाजका संयोजक श्री खगेन्द्र  सापकोटाले सञ्चालन श्री कृष भट्टराईले गर्नुभएको थियो भने, श्री उत्तम अधिकारीले स्वागत मन्तब्य राख्नु भयको थियो।

कार्यक्रममा  प्रमुख आतिथि नेपाली अवैतनिक वाणिज्यदूत श्री दीपक धमलाको र अतिथिहरूमा: श्री गणेश पराजुली – सचिव, NRNA , श्री सुरेन्द्र रेग्मी – अध्यक्ष, FENCA, श्रीमती मञ्जु खड्का – प्रतिनिधि, बहुसांस्कृतिक नियोग, श्री राजु उपाध्याय – अध्यक्ष, ONF Oceania श्री सूर्य आचार्य – NRNA oceyana  youth coordinator  श्री नविन कँडेल NRNA Ex-DRC, श्री प्रेम पाठक – समाजसेवी श्री श्याम दाहाल  – अध्यक्ष, Adelaide Nepali Society को गरिमामय उपस्थिति र प्रेरणादायी मन्तव्यले सम्पूर्ण सभालाई उत्साहित बनाएको थियो। यस ऐतिहासि सभामा अष्ट्रेलियामा नेपाली समुदायका विभिन्न प्रतिष्ठित संघसंस्थाका विशिष्ट प्रतिनिधिहरूले आफ्नो उपस्थिति जनाउँदै  शुभकामनामा  व्यक्त गर्नुभएको थियो।अधिबेसन ले निन्न अनुसारको कार्यसमिति चयन गरेको थियो

१. अध्यक्ष्य

उत्तम अधिकारी

७. सदस्य

काजोल गैरे

13 कमला गौतम  पछि राजिनामा

२. उपाध्यक्ष्य

अच्युत धमला

८.  सदस्य

बिकाश चापागाईं

३. सचिब

अनुपचन्द्र सुबेदी

९. सदस्य

राजेश अधिकारी

४.सहसचिब

सन्जिब पोख्रेल

१०. सदस्य

सबिना आचार्य

५. कोषाध्यक्ष

सुदर्शन उप्रेती

११.सदस्य

सुबाश सापकोटा

 

६. सदस्य

भिम न्यौपाने

१२. सदस्य

सागर  कंडेल

 

कार्यक्रममा अतिथिहरूले समाजको स्थापनालाई अत्यन्त महत्वपूर्ण कदमको रूपमा स्वागत गर्दै, चितवनबासीहरूको आपसी एकता, संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्वप्रतिको भावना प्रशंसायोग्य रहेको धारणा व्यक्त गर्नुभयो। जहाँ चितवनको माटोको सुगन्ध, गीत–संगीत र भावनात्मक ऊर्जा झल्किएको थियो। उक्त सभा केवल साधारण बैठक मात्र नभई, चितवन समाजको आत्मा, अङ्कुर र सम्भावनाहरूको उत्सव बन्यो — जसले भविष्यमा अझ सशक्त, समावेशी र प्रेरणादायी यात्राको बाटो कोरेको छ। बर्षेनि समाजले आफ्नो संरचना विस्तार गर्दै आएको छ, र आज यो संस्था सशक्त नेतृत्व, पारदर्शिता, र समुदायप्रतिको प्रतिबद्धतासहित अग्रसर छ। चितवन समाज साउथ अष्ट्रेलिया कसैको स्वार्थर प्रभावमा नपरी  चितवनबासीहरूको साझा मञ्चको रूपमा अगाडि बढिरहेको छ र यसरीनै अझै यस समाजले "पहिचान, सम्मान, पारदर्शिता, तथास्थाता, निपछ्यता र  सहकार्य" लाई आफ्नो मूल मन्त्र मान्दै अगाडी बढीरहने छ। 

 

चितवन  समाज दक्षिण अष्ट्रेलियाप्रमुख गतिबिधिहरु  ( 2023-2025)

  1. विजयादशमी शुभकामना कार्यक्रम २०२३

चितवन समाज SA ले हरेक वर्ष आफ्नै सिग्नेचर कार्यक्रमका रूपमा दसैं–तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ। सोही क्रममा सन् २०२३ नोभेम्बर ४ मा कार्यबाहक अध्यक्ष श्री अनुपचन्द्र सुबेदीको अध्यक्षतामा,  (समाजका अध्यक्ष नेपाल जनुभायाकोले ) NRNA Oceania Regional Youth Coordinator श्री सूर्य आचार्यको प्रमुख आतिथ्यमा तथा समाजका सचिव अच्युत धमलाको सञ्चालनमा विजयादशमी तथा तिहार–छठको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरियो।

कार्यक्रममा समाजका अग्रज तथा विशिष्ट व्यक्तित्वहरू — खगेन्द्र सापकोटा, नविन कडेल, राजु उपाध्याय, प्रेम पाठक, यदु आचार्य, दिलीप पोखरेल, अर्जुन लम्साल, प्रकाश पनेरु, अपिल कडेल, भारत अधिकारी, विष्णु बगाले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाकी सदस्य सबिना आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम स्थानीय Oakland Reserve Park मा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली परिकारका खानाका साथै विविध सांस्कृतिक कार्यक्रम र खेलकुद गतिविधिहरू प्रस्तुत गरिएका थिए। खेलकुदतर्फ अभिभावकका लागि घैटो फोर्ने प्रतियोगिता र बालबालिकाका लागि चम्चा दौड खेलाइएको थियो। हाम्रो पहिलो कुल्ला कार्यक्रम भयपनी कार्यक्रममा करिब २०० जना सहभागीको उल्लेखनीय उपस्थिति रह्यो। समाजले यस अवसरमा समुदायका नयाँ सदस्यलाई स्वागत तथा सक्रिय स्वयंसेवकलाई सम्मानपत्र प्रदान गर्‍यो। यस कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपालीलाई आफ्नै परम्परा र संस्कृतिसँग जोड्ने मात्र नभई आपसी सहयोग र एकताको भावना अझ मजबुत बनाएको छ।

 

  1. चितवन समाज दक्षिण अष्ट्रेलियाद्वारा देउसी-भैलो कार्यक्रम

चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) सिर्फ समुदायिक गतिविधिमै सीमित छैन, यो समाज नेपाली धर्म र संस्कृतिलाई परदेशी भूमिमा पनि उजागर र जोगाउने महत्वपूर्ण अभियानमा पनि जोडतोडले संलग्न छ। यसै उद्देश्यसहित, समाजले निरन्तर देउसी-भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। यो कार्यक्रम केवल मनोरञ्जन नभई भाईचारा, संस्कृति र समुदायिक एकता दोश्रो  पुस्तालाई सिकाउँदै, यो अमूल्य परम्परालाई हस्तान्तरण गर्नु  पनि हो। पहिलो देउसी-भैलो कार्यक्रम समाजका सल्लाहकार आदरणीय नविन कंडेल ज्युको निवासमा आयोजना गरिएको थियो कार्यक्रममा नेपाली परम्परागत नाचगान, देउसी गीत सहित  नेपाली खानपानको स्वाद र आपसी भेटघाटको आत्मीयताले कार्यक्रमलाई  भयता प्रदान गरेको थियो। सो अवसरमा समुदायका अग्रज, दाजुभाइ र आमाहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझै जीवन्त बनायो। हासो-ठट्टा, गीत-संगीत र रमाइलोसहित. कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। दोश्रो कार्यक्रम भने अर्को सामाजिक संथा संगै जुदेको कारणले स्थगित गरियको थियो।

यसरी, चितवन समाज दक्षिण अष्ट्रेलिया देउसी-भैलो जस्ता सांस्कृतिक कार्यक्रममार्फत नेपाली धर्म, संस्कृति र आपसी ऐक्यबद्धताको उज्यालो परदेशी भूमिमा पनि फैलाउँदै आएको छ। यो कार्यक्रम केवल एउटा परम्परा मात्र होइन, नयाँ पुस्तालाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने अमूल्य पुल पनि हो जसको निरन्तरता दिनसके राम्रो हुनेछ

 

  1. चितवन समाज दक्षिण अष्ट्रेलियाद्वारा मातृभूमिमा निःशुल्क स्वास्थ्य शिविर

विदेशमा रहेर पनि मातृभूमिको माया कहिल्यै कम हुँदैन। देशको माटोको सुगन्ध, जन्मभूमिको सम्झना र आफ्नो समाजप्रतिको जिम्मेवारी हामी जस्ता प्रवासी नेपालीको मुटुभित्र सधैं जीवित रहन्छ। यही भावनाले प्रेरित भई, चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) केवल प्रवासी भूमिमा मात्र नभई आफ्नो मातृभूमिमा पनि केही योगदान गरौं भन्ने सेवाभावसहित सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएको छ। यस सेवाभावकै सन्देश स्वरूप,  समाजले २ नोभेम्बर २०२३ मा चितवनको कालिका नगरपालिका–१०, सिद्धी मा. Gynaecologist, Physician, बाल रोग विशेषज्ञ (Paediatrician) बिशेसज्ञ सहित निशुल्क  स्वास्थ्य शिविर आयोजना गर्यो। कार्यक्रम लायन्स क्लब इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ R, नेपाल को समन्वयमार ८ वटा स्थानीय लायन क्लब, साथै CAT UK, CAT Belgium र NCDA को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा चितवन समाज SA का अध्यक्ष श्री उत्तम अधिकारीको प्रत्यक्ष समन्वय र सहभागितामा सम्पन्न भयको थियो।  यस शिविरमा कुल १६८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने स्वास्थ्य परीक्षणसँगै  निःशुल्क औषधि वितरण पनि गरिएको थियो।  

यस कार्यक्रमले प्रवासी नेपालीले मातृभूमिप्रतिको माया कर्म मार्फत देखाउन सकिन्छ भन्ने प्रेरक सन्देश दिनुका साथै  प्रवासी र मातृभूमि बीचको भावनात्मक दूरी घटायो, र “जहाँ छौं त्यहींबाट मातृभूमिका लागि केही गर्न सकिन्छ” भन्ने उदाहरण प्रस्तुत गर्यो।  हामी जहाँ भए पनि, हाम्रो मन र योगदान देश र समाजकै लागि धड्किरहेको छ भन्ने सन्देश यस कार्यक्रममार्फत सम्प्रेषित भएको छ र यस्ता कार्यक्रम हरुलाई निरन्तरता दीइने छ । 

 

  1. नेपाली नयाँ वर्ष २०८१ को शुभकामना तथा नेपाली पात्रो २०८१ विमोचन तथा वितरण कार्यक्रम २०८१

मिति: २२ अप्रिल २०२४

स्थान: ओकल्यान्ड पार्क, दक्षिण अष्ट्रेलिया

चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) को आयोजनामा, नेपाली नयाँ वर्ष २०८१ को अवसरमा एक भव्य र सांस्कृतिक कार्यक्रम समाजका अध्यक्ष उत्तम अधिकारीको सभापतित्वमा र सदस्य भीम न्यौपानेको सञ्चालनमा सफलतापूर्वक सम्पन्न गरियो। कार्यक्रममा प्रमुख अतिथि — एनआरएनए DRC, श्री गोकुल घिमिरे  विशिष्ट अतिथि — एनआरएनए दक्षिण अष्ट्रेलिया समन्वयक, श्री सञ्जय पुरी तथा अन्य सम्माननीत  अतिथि - श्रीमती मञ्जु खड्का लगायतका समाजसेवी, अग्रज, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा.  नयाँ वर्षको शुभकामना आदानप्रदान, नेपाली पात्रो २०८१ को विमोचन, सांगीतिक प्रस्तुति, नृत्य, खेलकुद  नेपाली परिकारका खाना र BBQ  समेत गरियो।  करिब ५०० जना नेपाली समुदाय —जसमा आमाबुबा, युवा–युवती, साना बालबालिका—उत्साहका साथ सहभागी भई कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाइदिनु भयको थियो ।

 

 

  1. नेपाली नयाँ वर्ष २०८२ शुभकामना तथा नेपाली भित्ते पात्रो विमोचन कार्यक्रम।

 

मिति: १४ अप्रिल २०२५ स्थान: Active Elders Association, Community Hall, Ascot Park

चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) को आयोजनामा  श्री उत्तम अधिकारीको सभापतित्व र रेशम बगालेको संचालनमा, नेपाली नयाँ वर्ष २०८२ स्वागत तथा नेपाली भित्ते पात्रो विमोचन समारोह भव्यतासहित सम्पन्न भयो। 

  • प्रमुख अतिथि: एनआरएनए DRC, श्री गोकुल घिमिरे
  • विशिष्ट अतिथि: एनआरएनए दक्षिण अष्ट्रेलिया समन्वयक, श्री सञ्जय पुरी
  • विशेष उपस्थिति:

o   पूर्व DRC, श्री अशोक केसी,      NRNA ICC सदस्य, श्री सुजन अधिकारी, साथै,समुदायका अग्रज, समाजसेवी र विभिन्न क्षेत्रका प्रतिनिधिहरू

  मुख्य गतिविधिहरू

  1. नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान
  2. नेपाली पात्रो २०८२ को औपचारिक विमोचन
  3. गीत–संगीत र सांस्कृतिक प्रस्तुति
  4. आपसी भेटघाट र सामूहिक नेपालि परिकारका खाना सहित समापन

👥 समुदायको उत्साहजनक सहभागिता

करीब ३००  जना नेपाली समुदायका सदस्यहरू —वरिष्ठ नागरिकदेखि युवा पुस्तासम्म —उत्साह र उल्लासका साथ उपस्थित। 

 

  1. नेपाली पात्रो वितरण तथा विमोचन — एक सांस्कृतिक अभियान

 

विदेशी भूमिमा रहेर पनि आफ्नै संस्कृति, परम्परा र पहिचानलाई जगेर्ना गर्नु प्रत्येक प्रवासी नेपालीको साझा जिम्मेवारी हो। यही जिम्मेवारीलाई आत्मसात गर्दै चितवन समाज दक्षिण अष्ट्रेलियाले नेपाली पात्रो वितरण अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ। यो मात्र साधारण पात्रो नभई हाम्रो मौलिकता, हाम्रो पहिचान र हाम्रो अस्तित्वलाई समेट्ने एउटा सांस्कृतिक अभियान हो।

 

नेपालबाट हजारौँ किलोमिटर टाढा भए पनि आफ्नै माटो, चाडपर्व र संस्कृतिसँग जोडिराख्ने माध्यमको रूपमा यो पात्रोको महत्व अतुलनीय छ। यसले प्रवासी पुस्तालाई नेपालको तिथिमिति, चाडपर्व, धार्मिक संस्कार र परम्परासँग जोड्ने मात्र होइन, उनीहरूलाई आफ्नो जन्मभूमिसँग भावनात्मक रूपले नजिक बनाउने कार्य गर्दछ। प्रवासमा हुर्किरहेका नयाँ पुस्ताले नेपाल र नेपालीपनलाई अझ नजिकबाट चिन्न, बुझ्न र आत्मसात गर्न यसले मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

 

यस कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूले सामूहिक उत्सवको वातावरण सिर्जना गर्दै आपसी मित्रता, सहयोग र एकताको भावना प्रगाढ बनाउने अवसर पाएका छन्। नेपाली पात्रोको विमोचन केवल तिथिमिति प्रकाशन गर्ने कार्य मात्र होइन; यो त नेपालप्रतिको माया, संस्कृति प्रतिको निष्ठा र समुदाय प्रतिको समर्पणको सजीव उदाहरण हो।

 

प्रतेक  वर्ष प्रकाशित पात्रोमा नेपाल र विशेषगरी चितवनका पर्यटन स्थलहरूको आकर्षक प्रचार–प्रसार, चितवन समाज दक्षिण अष्ट्रेलियाका विभिन्न गतिविधिहरूको विस्तृत विवरण, चाडपर्वको जानकारी, सांस्कृतिक तथ्याङ्क तथा उपयोगी सामुदायिक सूचना समावेश गरिएको छ। यसले चितवनलाई मात्र नभई सम्पूर्ण नेपाललाई प्रवासी समुदायबीच परिचित गराउने कार्य गर्नेछ। साथै समाजको लागि आर्थिक संकलनको माध्यम समेत बनेको छ। 

 

यसरी, नेपाली पात्रो वितरण अभियानले प्रवासी भूमिमा बस्दा पनि आफ्नै संस्कृतिलाई जगेर्ना गर्ने, समुदायलाई अझै एकताबद्ध गर्ने र नेपालीपनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने दायित्व बहन गर्दै आएको छ। यो अभियान केवल पात्रो वितरण मात्र नभई एउटा सांस्कृतिक आन्दोलन हो, जसले नेपालीलाई जहाँसुकै पुगे पनि आफ्नो मूल पहिचान, संस्कृति र परम्परासँग मजबुत रूपमा जोडिरहने प्रेरणा दिन्छ।

 

 

 

  1. चितवन फुटबल क्लबको स्थापना : एक ऐतिहासिक पृष्ठभूमि

 

प्रवासमा रहँदै पनि समुदायको एकता, स्वास्थ्यप्रतिको जागरूकता र युवापुस्तालाई सकारात्मक मार्गमा अघि बढाउन चितवन समाज दक्षिण अष्ट्रेलियाले खेलकुद क्षेत्रमा विशेष पहल गर्दै आएको छ। यसै दृष्टिकोणका साथ सन् २०२३ मा प्रेम पाठकज्यूको नेतृत्वमा चितवन फुटबल क्लब स्थापना गरिएको थियो। दीपक पौडेल, केशव सापकोटा र विशाल कोईरालाजस्ता ऊर्जाशील सदस्यहरूको सक्रियतामा क्लबले प्रारम्भिक तयारी, खेलाडी परिचालन र आधिकारिक जर्सी निर्माण गर्दै आफ्नो आधारशिला मजबूत बनायो।

क्लबले दुईपटक Veteran Cup मा सहभागी भएर सेमिफाइनलसम्म पुगेर उल्लेखनीय प्रदर्शन गरेको छ। स्रोतको अभावका बाबजुत क्लबले निरन्तर अभ्यास, प्रतिबद्धता र समुदायलाई स्वस्थ र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्ने काम जारी राख्दै आएको छ। चितवन फुटबल क्लबको मुख्य उद्देश्य केवल खेल मात्र नभई समुदायिक भाईचारा, स्वास्थ्य प्रवर्द्धन र नयाँ पुस्तालाई खेलतर्फ आकर्षित गर्नु हो । यसरी, चितवन समाज दक्षिण अष्ट्रेलिया ले खेलकुदको माध्यमबाट केवल स्वास्थ्य र अनुशासनको सन्देश फैलाएको छैन, समुदायिक ऐक्यबद्धता र सहकार्यको जीवन्त उदाहरण पनि प्रस्तुत गरेको छ। यो यात्रा निरन्तर जारी रहनेछ।

  1. चितवन समाज दक्षिण अष्ट्रेलियाद्वारा खेलाडी सम्मान कार्यक्रम सम्पन्न

 

मिति: २२ अप्रिल २०२४ ओकल्यान्ड पार्क, एडिलेड,  समाजका अध्यक्ष  उत्तम अधिकारीको सभापतित्वमा र सदस्य  भिम न्यैपाने संचालनमा सम्पन्न गरियो।   चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) ले समाजको खेलकुद क्षेत्रको योगदानलाई सम्मान गर्न तथा खेलाडीहरूको मनोबल बढाउन, चितवन फुटबल क्लबका खेलाडीहरूलाई औपचारिक रूपमा सम्मान गरेको छ। चितवन फुटबल क्लब ले Veteran Cup मा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेपछि, समाजले क्लबबाट खेल्ने सम्पूर्ण खेलाडीहरूलाई  सम्मान पत्र सहित एक बिसेस कार्यक्रम को आयोजना गरि सम्मान  गरियो। 

सम्मानित हुने खेलाडीहरूको निन्न आनुसार हुनु हुन्थीयो  १. दिपक पौडेल  २. प्रेम पाठक. ३. विशाल कोईराला. ४. उत्तम अधिकारी. ५. नविन कंडेल. ६. सुजन कार्की.  ७. रविन्द्र अधिकारी. ८. सुरेन्द्र दाहाल. ९. आशिष जोशी. १०. केशव सापकोटा. ११. भीम न्यौपाने. १२. सन्तोष खनाल.   १३. खगेन्द्र सापकोटा  १४. कृष्ण भट्टराई. १५. दयाराम पौडेल.  १६. सुदर्शन उप्रेती.  १७. कमल क्षेत्री.  १८. निशान काफ्ले. १९. सुसन थापा  २०. पुष्प न्यौपाने

  1. अष्ट्रेलियाको संसद भवनमा आयोजित दशैं तथा तिहार शुभकामना कार्यक्रममा चितवन समाज SA को सहभागिता

 

दक्षिण अष्ट्रेलियाका प्रिमियरको आतिथ्यतामा ४ नोभेम्बर र राज्यका बहुसांस्कृतिक मन्त्रीको आतिथ्यतामा १६ अक्टोबर २०२४ मा South Australia Parliament House मा छुट्टाछुट्टै आयोजना गरिएको भव्य दशैं तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सांस्कृतिक योगदान र उपस्थिति झल्काउने सुनौलो अवसर प्राप्त भएको थियो।

उक्त कार्यक्रममा चितवन समाज SA लाई पनि औपचारिक निमन्त्रण गरिएको थियो। समाजको तर्फबाट अध्यक्ष श्री उत्तम अधिकारी र सदस्य श्री भिम न्यौपाने लगायतले सक्रिय सहभागिता जनाउँदै समाजको प्रतिनिधित्व गर्नुभयो। उहाँहरूले नेपालका महान् चाडपर्व—दशैं र तिहारको महत्व, एकता, सद्भाव र सांस्कृतिक विविधताबारे उच्चस्तरीय अतिथिहरूसँग संवाद छलफल र शुभकामना आदान प्रदान गर्नु भयो। 

यस कार्यक्रममा विभिन्न समुदायका अगुवा, राजनीतिक व्यक्तित्व, कूटनीतिक प्रतिनिधि तथा नेपाली समुदायका अग्रजहरूको उपस्थिति रहँदा कार्यक्रम बहुरंगी र प्रेरणादायी बनेको थियो। चितवन समाज SA ले यसलाई प्रवासमा नेपाली संस्कृति परिचित गराउने, आपसी सम्बन्ध मजबुत पार्ने र दक्षिण अष्ट्रेलियाको सांस्कृतिक मेलमिलापमा योगदान पुर्‍याउने महत्वपूर्ण अवसरको रूपमा लिएको छ साथै, विभिन्न संघ–संस्थाहरूले विभिन्न समयमा आयोजना गरेका अधिकांस  कार्यक्रमहरूमा समाजको निरन्तर सक्रिय सहभागिता रहँदै आएको छ।  29 October 2025  मा राज्यका बहुसांस्कृतिक मन्त्रीको आतिथ्यतामा South Australia Parliament House मा आयोजना गरिएको भव्य दशैं तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सांस्कृतिक योगदान र उपस्थिति झल्काउने सुनौलो अवसर प्राप्त भएको थियो। उक्त समाजको तर्फबाट सचिब अच्युत धमल्लाले सक्रिय सहभागिता जनाउँदै समाजको प्रतिनिधित्व गर्नुभयो।

 

 

 

  1. भूकम्प पीडितका लागि चितवन समाज SA को सहयोग

 

मिति ४ नोभेम्बर २०२३ मा चितवन समाज दक्षिण अष्ट्रेलियाले आयोजना गरेको विजयादशमी, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रमकै बीचमा, नेपालको जाजरकोट क्षेत्रमा गएको विनाशकारी भूकम्पको खबर प्राप्त भयो। सो दुखद समाचारसँगै, कार्यक्रममा उपस्थित विशिष्ट अतिथि र पदाधिकारीहरूको सुझावअनुसार तथा समाजको निर्णयअनुसार तत्काल पीडितका लागि सहयोग संकलन अभियान सुरु गरियो।

उक्त अवसरमा समाजका सदस्य, अतिथि तथा शुभेच्छुकहरूको सक्रिय सहभागितामा कुल ३,५८८ डलर संकलन गर्न सफल भयौं। संकलित सम्पूर्ण रकम तत्काल नेपाल पठाइएको छ, जसले भूकम्प पीडितहरूलाई राहत पुरायको अनुभब हामीले गरेका छौ। 

चितवन समाज SA आफ्नो स्थापनादेखि नै चितवनमा मात्र नभई, नेपालका जुनसुकै स्थानमा विपद् पर्नासाथ सहयोग गर्ने अभियानमा निरन्तर संलग्न रहँदै आएको छ। यो सहयोग  मातृभूमि प्रति सदा रहने छ। 

 

  1. अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सडक सुरक्षा तथा ड्राइभर शिक्षा कार्यक्रम

 

मिति २८ जुन २०२३ मा Chitwan Samaj Coordination Committee को आयोजनामा, र SA Police Road Safety Centre की Senior Constable मेरिलिन मिलरको प्रस्तुतीमा, ग्लान्डोरस्थित Fresh Chulo Restaurant को प्रायोजनमा “अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सडक सुरक्षा तथा ड्राइभर शिक्षा” कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको उद्देश्य दक्षिण अष्ट्रेलियामा सवारी चलाउन इच्छुक अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सुरक्षित र आत्मविश्वासका साथ ड्राइभ गर्न आवश्यक जानकारी प्रदान गर्नु थियो।  यस सत्रमा लाइसेन्सका आवश्यकता, अष्ट्रेलियन सडक नियम, सडक दुर्घटनाका प्रमुख पाँच कारण (Fatal Five), क्षेत्रीय सडकमा ड्राइभिङका विशेष सावधानीहरू लगायतका विषयवस्तु समेटिएका थिए।

विद्यार्थीहरूले आफ्ना जिज्ञासाहरूको प्रत्यक्ष समाधान पाएका यस कार्यक्रमले उनीहरूलाई सुरक्षित चालक बन्न प्रेरणा मात्र होइन, समुदायमा जिम्मेवार सडक प्रयोगकर्ताको भावना पनि विकास गराएको छ।

 

  1. 12. गणतन्त्र दिवस २०८१ अवसरमा दीप प्रज्वलन कार्यक्रम

            २०२४ मे २८, मंगलबार साँझ ५:३० बजे, ग्लान्डोरस्थित पार्क करिब १०० जना उपस्थित

  1. गणतन्त्र दिवस २०८२ विशेष दीप प्रज्वलन कार्यक्रम

   स्थान: Weigall Oval, Birdwood Terrace, North Plympton SA 5037  करिब १०० जना उपस्थित I

चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) ले गणतन्त्र दिवसको अवसरमा, विशेष दीप प्रज्वलन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ I यस अवसरमा, समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति र समुदायको उत्साहपूर्ण सहभागितामा शहिदहरुलाई  श्रद्धाञ्जली अर्पण गर्दै नेपालको गौरवमय इतिहासको सम्झना गरिन्छ, दिप प्रज्वलन गरिन्छ। यो दीप प्रज्वलन केवल एक समारोह मात्र थिएन—यो मातृभूमिप्रतिको प्रेम, एकता र सम्मानको उज्यालो प्रतीक थियो।यस अवसरमा जलाइएका दीपनहरूले अन्धकार हटाउँदै आशा, ऐक्यबद्धता र मातृभूमिप्रतिको अटुट प्रेमको उज्यालो फैलाउदै आयको छ भने यो कार्यक्रमले प्रवासी नेपाली समुदायलाई राष्ट्रिय एकता, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको स्मरण मात्र गराएन, नयाँ पुस्तालाई मातृभूमिप्रतिको सम्मान पनि दिलाउद छ। 

 

  1. 14. “घुमौं भरतपुर” 2024 - पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन अभियान

 

चितवन समाज दक्षिण अष्ट्रेलिया (SA) ले आफ्नो सामुदायिक र सांस्कृतिक उद्देश्यअनुसार, “घुमौं भरतपुर” / Visit Bharatpur प्रवर्द्धन कार्यक्रम आयोजना गर्‍यो। यो अभियान केवल प्रवासमा गरिएको प्रचार मात्र नभई, जन्मभूमि चितवनको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एक महत्वपूर्ण प्रयास थियो।

 

 

 

  1. चितवन समाज साउथ अष्ट्रेलियाको विस्तारित बैठक

मिति: २९ अगस्ट २०२५

चितवन समाज साउथ अष्ट्रेलियाको विस्तारित बैठक समाजका कार्यसमिति, सल्लाहकार तथा संस्थापक सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो। उक्त बैठकमा समाजको प्रवर्तन, सञ्चालन तथा आगामी कार्यक्रमहरूका बारेमा निम्नानुसारका विषयहरूमा विस्तृत छलफल तथा आवश्यक निर्णयहरू गरिए। यस बैठकको मुख्य उद्देश्य दोस्रो साधारण सभा (2nd General Conference) को तयारी, विधान संशोधन/परिमार्जन तथा विविध विषयहरूमा छलफल गर्नु थियो।
बैठकमा कार्यसमिति सदस्य, सल्लाहकार तथा संस्थापक सदस्यहरू उपस्थित थिए।

सुझाब तथा निर्णयहरु

१. सदस्यता नवीकरण तथा नयाँ सदस्यको विषयमा

      क) नयाँ सदस्यता शुल्क $१० नै कायम राखने  गर्ने निर्णय गरियो।

२. विधान संशोधन सम्बन्धमा विधान अद्यावधिक गर्न निम्न संशोधनहरू पारित गरियो:

  • विधानको धारा ६.२ (c) बाट "अधिवेशन हुँदा कार्यरत कार्यसमितिबाट आधा सदस्य अनिवार्य रूपमा विदा हुने" प्रावधान हटाइएको छ।

    -विधानको धारा ६.२ (d) मा संशोधन गर्दै, समितिको कार्यकाल २ वर्षको हुनेछ।

     समिति प्रत्येक २ वर्षमा आयोजना हुने वार्षिक साधारण सभामा (AGM)   

     पुनःनिर्वाचित हुनेछ

- अन्य कुनै सामाजिक संस्था/संघको कार्यसमितिमा कार्यरत व्यक्ति चितवन समाजको  

  पदाधिकारीमा उम्मेदवार हुन पाउने छैनन्। यदि उम्मेदवार हुन चाहन्छन् भने पहिले  

  कार्यरत पदबाट राजीनामा दिई मात्र उम्मेदवारी दिन पाउनेछन् ।

- अध्यक्ष बन्नका लागि गरियको यो निर्णय हालाह्है स्थगित गर्ने निर्णय गरियो। 

  • कम्तीमा एक कार्यकाल कार्यसमितिमा सेवा गरेका हुनु पर्ने,
  • र कम्तीमा २ वर्षको वैध अष्ट्रेलियन भिसा भएको हुनु पर्नेछ।

५)अधिबेसन लाई भब्य र ब्यबस्थित बनाउन सबैले सकेको आर्थिक सहयोग  गर्ने  निर्णय गरियो.

 

  1. Members’ Exclusive Discount Program – Deals You Won’t Want to Miss”

चितवन समाज दक्षिण अष्ट्रेलिया (CSSA) ले आफ्ना सदस्यहरूलाई केही अतिरिक्त सुविधा प्राप्त होस् र हाम्रो समुदायभित्रका व्यवसायी साथीहरूको व्यापार पनि फस्टाओस् भन्ने उद्देश्यले “Members’ Exclusive Discount Program” सुरु गरेको छ।

यस कार्यक्रम अन्तर्गत, CSSA सदस्यहरूले एडिलेडमा रहेका विभिन्न व्यवसायबाट विशेष छुट, क्यासब्याक तथा अन्य सुविधा पाउने अवसर प्राप्त गर्नेछन्।

यो पहलले एकातिर सदस्यहरूलाई दैनिक जीवनमा खर्च बचत गर्ने मौका दिनेछ भने अर्कोतिर हाम्रो आफ्नै समुदायका व्यवसायलाई समर्थन र प्रवर्द्धन गर्ने काम गर्नेछ।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु भएका व्यवसाय प्रतिष्ठानहरूलाई विशेष धन्यवाद:

  • Post-SA Pest Control — १०% छुट
  • Fresh Chulo Restaurant — १०% (१००$ माथि खर्च गर्दा)
  • Capital Connections Finance — २५% सम्म क्यासब्याक
  • Shine Roofing and Restoration — १०–२५% छुट. •   Muglan Restaurant — १०% छुट
  • Fantastic Pictures Service — १०% छुट
  • Achievers College — १०% छुट
  • Lobsang — ३०% छुट.                            Bhoj Chhen — १०% छुट
  • Shine Conveyancing — सेवाशुल्कमा $१०० छुट
  • Development Real Estate — भाडामा $२००, बिक्रीमा $५०० सिफारिस बोनस
  • Ease Conveyancing — १०–१५% छुट

समय अभावका कारण हाललाई १२ वटा  मात्र समेटिएको छ। तर पनि हामीलाई सम्पर्क गर्ने र यो अभियानमा जोडिन चाहने अझ धेरै व्यवसायीहरू हुनुहुन्छ। तिनीहरूलाई क्रमशः समावेश गर्दै जानेछौं र समुदायको प्रगति, एकता र आपसी सहयोगका लागि तपाईंहरूको निरन्तर योगदान र विश्वासलाई हामी उच्च सम्मान गर्दछौं।

 

यसकारण

चितवन समाज दक्षिण अष्ट्रेलिया (CSSA) स्थापना भएदेखि नै प्रवासी नेपाली समुदायको सेवा, सांस्कृतिक संरक्षण, सामाजिक एकता र सहयोगी भावना प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको छ। समाजले वर्षभरि विभिन्न सामाजिक, सांस्कृतिक, खेलकुद र जनहितकारी कार्यक्रमहरू जस्तै — नेपाली चाडपर्व (दशैं, तिहार, छठ) भव्य रूपमा मनाउने, नेपाली पात्रो वितरण गरी संस्कृतिको जगेर्ना गर्ने, पर्यटन प्रवर्द्धन अभियान (“घुमौं भरतपुर”) सञ्चालन गर्ने, भूकम्पपीडितलगायत विपद्ग्रस्तहरूलाई आर्थिक सहयोग पुर्‍याउने, निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने, खेलकुदमार्फत युवामा स्वास्थ्य र भाइचाराको भावना जगाउने आदि कार्यहरू गर्दै आएको छ।

यसका साथै, समाजले स्थानीय अष्ट्रेलियाली निकाय, अन्य प्रवासी सङ्गठनहरू र सामुदायिक संस्थाहरूसँग सहकार्य गर्दै बहुसांस्कृतिक मूल्यको सम्मान, आपसी सद्भाव र सामाजिक समावेशितालाई मजबुत पारेको छ।

 

  1. चितवन समाज साउथ अष्ट्रेलियाको तर्फबाट सहयोगी मनहरूलाई हार्दिक धन्यवाद

 

हाम्रो हरेक कदम, हरेक कार्यक्रम र हरेक सफलताको पृष्ठभूमिमा तपाईंहरू जस्ता उदार मन भएका सहयोगी हातहरूको अमूल्य योगदान रहँदै आएको छ।

चितवन समाज साउथ अष्ट्रेलिया, आफ्नो सम्पूर्ण परिवारको तर्फबाट, हाम्रो हरेक सांस्कृतिक, सामाजिक र सामुदायिक क्रियाकलापमा निरन्तर साथ, समर्थन र भरोसा व्यक्त गर्नुभएका सबै आदरणीय प्रायोजक, व्यवसायिक प्रतिष्ठान र सञ्चार माध्यमलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछ।

विशेष धन्यवादका पात्र:

Fresh Chulo, Kalikote Jewellers, Multi Dynamic Real Estate, Sine Roofing and Restoration, Radiance Finance, Export Education and Visa Services, Pest SA, N Nex Real Estate, Grace International – Education & Migration, Flight Connect, Extra Tech, Namaste Super Market, Smart Tax and Accounting, Capital Connection, Simply Finance, All in One Grocery, IEA – International Education Agent

सञ्चार माध्यम:    Sathi TV Adelaide, Dainiki Adelaide

तपाईंहरूको सहयोग हाम्रो लागि केवल आर्थिक वा प्राविधिक समर्थन मात्र होइन, यो हाम्रो एकता, विश्वास र समुदायप्रतिको माया र जिम्मेवारीको प्रमाण हो। चितवन समाज साउथ अष्ट्रेलियाको हरेक सफलतामा तपाईंहरूको नाम गर्वका साथ स्मरण गरिनेछ।

 

  1. अधुरा कार्यक्रमहरूको विवरण तथा आगामी समितिलाई सुझावसहितको प्रतिवेदन प्रस्तावना

चितवन समाज दक्षिण अष्ट्रेलियाले स्थापना भएदेखि नै प्रवासी नेपाली समुदायलाई सांस्कृतिक, सामाजिक, शैक्षिक तथा एकतामूलक अभियानमा संलग्न गर्दै आएको छ। हाम्रा सदस्य, शुभेच्छुक, दातृ निकाय तथा सहकार्य गर्ने संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रमहरू सम्पन्न भए तापनि, आर्थिक, व्यवस्थापकीय तथा समय–सीमा सम्बन्धी कारणले केही महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन हुन सकेनन्। यस प्रतिवेदनमा ती कार्यक्रमहरूको विवरण, त्यसका कारणहरू, र आगामी समितिलाई प्रस्तुत गर्न सकिने सुझाव तथा प्रारम्भिक बजेट अवधारणा प्रस्तुत गरिएको छ।

सम्पन्न गर्न नसकिएका प्रमुख कार्यक्रमहरू

  1. Food फेस्टिवल आयोजना

  नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैंलाई प्रवासमै सामूहिक उत्सवका रूपमा मनाउने योजना गरिएको थियो। यस कार्यक्रममार्फत नेपाली परम्परा, संस्कृति र एकतालाई झनै मजबुत पार्ने अभिप्राय राखिएको थियो। तर, ठूलो संख्यामा सहभागीता व्यवस्थापन, स्थान भाडा, पूर्वाधार खर्च र अन्य आवश्यक बजेट नपुग्ने अवस्थाका कारण यसलाई कार्यान्वयन गर्न सकिएन।

 

  1. चितवन केन्द्रित विपन्न छात्रवृत्ति कार्यक्रम

  आर्थिक रूपमा पछाडि परेका तर मेधावी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले चितवन जिल्लामा लक्षित छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, पर्याप्त कोष संकलन गर्न नसक्दा र साझेदार संस्था तथा निकायहरूसँग समयमै सहकार्य जुटाउन नसक्दा यो अभियान अगाडि बढ्न सकेन।

 

३. दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल लिपि पुस्तकालय स्थापना

– दृष्टिविहीन विद्यार्थी र पाठकहरूको लागि ब्रेल लिपि पुस्तकालय स्थापना गर्ने महत्त्वाकांक्षी   

  योजना थियो। तर सामग्रीको उपलब्धता, प्राविधिक ज्ञान र प्रारम्भिक लगानी जुटाउन नसकिँदा 

  कार्यक्रम अघि बढाउन सकिएन।

 

४. चितवनमा नमुना शौचालय निर्माण अभियान

– ग्रामीण क्षेत्रमा सरसफाइ र स्वास्थ्य प्रवर्द्धनका लागि नमुना शौचालय निर्माण गर्ने योजना अघि सारिएको थियो। तर प्राविधिक सहकार्य, साझेदारी निकाय र पर्याप्त आर्थिक स्रोतको अभावले यो अभियान पनि अधुरै रह्यो।

 

५. फन्ड संकलनका लागि क्रुज पार्टी

– समुदायबीच मनोरञ्जन र समाजको कोष संकलन गर्ने उद्देश्यले क्रुज पार्टी आयोजना गर्ने    

 प्रस्ताव गरिएको थियो। तर टिकट मूल्य, लागत व्यवस्थापन, सहभागितामा कमी आउने  

 सम्भावना लगायत कारणले गर्दा यो कार्यक्रम पनि सम्पन्न हुन सकेन।

 

G आगामी समितिलाई सुझावहरू

१. दीर्घकालीन कोषको स्थापना

– आगामी समितिले स्थायी कोष (Endowment Fund) स्थापना गरी समाजका सामाजिक तथा शैक्षिक अभियानहरूलाई निरन्तरता दिने आधार बनाउनुपर्ने देखिन्छ।

२. प्राथमिकता निर्धारण र चरणबद्ध कार्यान्वयन

– सबै कार्यक्रम एकै पटक अघि बढाउन भन्दा प्राथमिकता तोकी चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ। यसले स्रोत, समय र मानवशक्तिको प्रभावकारी प्रयोग हुन्छ।

३. साझेदारी र सहकार्य विस्तार

– स्थानीय संघसंस्था, व्यवसायी, अन्तर्राष्ट्रिय तथा प्रवासी निकायहरूसँग सहकार्य गरेर कार्यक्रमलाई दिगो बनाउनु आवश्यक छ।

४. स्रोत संकलनका विविध माध्यम

– सदस्यता शुल्क, प्रायोजन (sponsorship), दातृ निकाय or Grant from Local Governments सांगीतिक कार्यक्रम वा मनोरञ्जनात्मक कार्यक्रममार्फत स्रोत संकलनलाई अझ व्यवस्थित बनाउन सकिन्छ।

५. नवीन प्रविधि र पारदर्शिता

– कोष संकलन, खर्च विवरण, कार्यक्रम व्यवस्थापनमा डिजिटल प्लेटफर्मको प्रयोग गरेर सदस्यबीच विश्वास र पारदर्शिता बढाउन सकिन्छ।

६. अधुरा कार्यक्रमलाई प्राथमिकता

– यस कार्यकालमा सम्पन्न हुन नसकेका महत्वपूर्ण कार्यक्रमहरूलाई आगामी समितिले पुनः प्राथमिकतामा राखेर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

 

निष्कर्ष

चितवन समाज दक्षिण अष्ट्रेलिया केवल एउटा संस्था मात्र होइन, यो हाम्रो साझा पहिचान, सहयोग र एकताको जीवन्त प्रतीक हो। छोटो समयमै CSSA ले समुदायमा सांस्कृतिक संरक्षण, सामाजिक एकता, मानवीय सहयोग र प्रवासी नेपालीबीच गर्विलो पहिचान बनाउन सफल भएको छ।

आगामी दिनहरूमा पनि हामी “पहिचान, सम्मान र सहकार्य” लाई मूल मन्त्र बनाएर अझ सशक्त, पारदर्शी र प्रेरणादायी यात्रामा अघि बढ्नेछौं।

Report presented by President Uttam Adhikari at the Second General Assembly of Chitwan Samaj South Australia.

 

Respected senior members of the community, distinguished guests, social workers, advisors, executive members, and all dear members present here—my warm and heartfelt greetings to each one of you. Today, we have gathered here for the Second Convention of Chitwan Samaj South Australia. 

We had originally planned to organise this event on 20 September, with the presence of the Honourable Mayor, Deputy Mayor, former Mayor of Bharatpur Metropolitan City, and several distinguished personalities. However, due to the nationwide “Gen-Z Youth Movement” and the sensitive atmosphere it created, we had no choice but to postpone the program.

During this movement, many young people tragically lost their lives.We are deeply saddened by this great loss. On behalf of Chitwan Samaj South Australia, I extend my heartfelt condolences to the bereaved families and offer respectful tribute to the youths who made the ultimate sacrifice. Even during difficult times, our responsibilities must continue. Therefore, instead of a grand celebration, we decided to conduct this convention in a simple and dignified manner among our members.Thank you all for coming here despite your busy schedules. I warmly welcome each one of you to this convention.

  1. Introduction

Respected guests, Chitwan is a beautiful district of Nepal located between the Rapti and Narayani rivers, surrounded by green plains, the Chure hills, and rich biodiversity. South Australia, although geographically and culturally different, is also a region of immense natural beauty, multicultural harmony, and economic opportunity. Chitwan covers 2,218 square kilometres, whereas South Australia stretches across 983,482 square kilometres—approximately 440 times larger than Chitwan. Chitwan’s population is around 719,000 (2021), while South Australia’s estimated population in 2025 is around 1.8 million. Although separated by nearly 9,500 kilometres, both regions have their own unique identity and importance.

 

Nepali Migration to Australia

Nepali migration to Australia began around the 1960s, primarily for education and skilled opportunities. Numbers increased steadily after the 1980s and grew rapidly after 2000, when Australia became known for high-quality education, safe lifestyle, and economic stability. In 1976, the first organised Nepali student group was formed in Sydney under Govinda Shah.In 1975, Indira Ban arrived in Australia and later became the first Nepali to receive the Medal of the Order of Australia (OAM). In Adelaide, migration began in the 1970s. According to senior community members, the first Nepali from Chitwan to arrive in Australia was Mr. Kumar Shrestha around 1977.

The first officially registered Nepali organisation in South Australia was formed in 2012, which also runs the Adelaide Nepali Vidyalaya for language and cultural preservation.

According to estimates, the Nepali population in Adelaide today, including Australian-born children, is around 20,000, and 30–40% of them are originally from Chitwan.

 

Why Nepalis Choose Australia

Dear friends,The main reasons Nepalis choose Australia include:

1.world-class education.              2. good income and job opportunities

3.pathways to permanent residency.  4. safe and modern lifestyle

5.family reunification.                 6. and the presence of a strong Nepali community

These factors make Australia a preferred destination for Nepali students, youth, and families.

  1. Formation and History of Chitwan Samaj South Australia

Although formally registered in 2023, the foundation of Chitwan Samaj South Australia was laid in June 2019, when the population of Nepalis from Chitwan began to increase in Adelaide.

Members including Uttam Adhikari, Deepak Paudel, Prem Pathak, Apil Kandel, Santosh Basnet, R.C. Bhattarai, Keshav Raj Bhandari, and others began early discussions. A Viber group was formed; however, due to internal disagreements, the process did not move forward at that time.

In 2023, after the arrival of Kaushal Upreti, the initiative was revived. A Messenger group with more than 250 members was created, and a meeting was held on 21 March 2023 at the home of Apil Kandel, attended by many active members.

Finally, on 24 March 2023, a historic gathering was organised at Oakland Reserve Park, where around 80 members from Chitwan attended, and a 13-member ad-hoc committee was unanimously formed under the leadership of Khagendra Sapkota. This committee was entrusted with drafting the constitution, opening a bank account, forming membership systems, and preparing for the first general assembly.

 

  1. First General Assembly

The First General Assembly was held on 23 September 2023 at Fresh Chulo Hall. Following this, a new executive committee was formed as follows:

  • President: Uttam Adhikari. Vice President: Achyut Dhamala
  • Secretary: Anup Chandra Subedi Joint Secretary: Sanjiv Pokhrel
  • Treasurer: Sudarshan Upreti
  • Executive Members: Bheem Nyaopane, Kajal Gaire, Bikash Chapagain, Rajesh Adhikari, Sabina Acharya, Subash Sapkota, Sagar Kandel, and (initially) Kamala Gautam

This committee formally began the structured operation of Chitwan Samaj South Australia.

 

  1. Major Activities in summary

Respected guests, allow me to present the complete list of activities that our organisation has proudly conducted:

  1. Dashain–Tihar–Chhath Celebration (4 Nov 2023)

Organised successfully with cultural dances, games, food stalls, and participation of more than 200.

  1. Establishment of Chitwan Football Club (2023) Under the leadership of Prem Pathak and team.The club reached the semifinals twice in the Nepali Veteran Cup.
  2. Player Felicitation Ceremony (22 April 2024) All 20 players honoured with certificates and appreciation.
  3. Deusi–Bhailo ProgramOrganised for the first time at the residence of Advisor Nabin Kandel.
  4. Free Health Camp in Nepal (2 Nov 2023)

Held at Siddhi, Kalika Municipality–10 Chitwan Nepal, total of 168 patients received free medical check-ups and medicines.

  1. Nepali New Year 2081 Program (22 April 2024)

More than 500 participants attended; Nepali calendar released.

  1. Nepali New Year 2082 Program (14 April 2025)

Organised at Ascot Park with over 300 attendees.

  1. Annual Nepali Calendar Distribution. Promoting Chitwan’s tourism, Nepali festivals, and culture.
  2. Representation at SA Parliament House

Attended multicultural receptions on: 16 October 2024, 4 November 202429 October 2025

  1. Earthquake Relief for Jajarkot (2023)

An amount of AUD $3,588 was collected and sent promptly.

  1. Road Safety Session for Students (28 June 2023)

Conducted in collaboration with SA Police.

  1. Republic Day Celebrations (2081 & 2082)

Lamp-lighting ceremonies held at Glandore Park and Weigall Oval.

  1. “Visit Bharatpur – 2024” Tourism Promotion
  2. Extended Committee Meeting – 29 August 2025

Important decisions on membership, constitutional clauses, financial matters, and convention guidelines.

  1. Members’ Discount Program

Partnership with over 12 Nepali and local businesses, providing 10–30% discount to members.

 

Conclusion

Dear respected members, Since its establishment, Chitwan Samaj South Australia has remained committed to:

  • preserving Nepali culture and identity,
  • promoting unity and cooperation,
  • supporting new students, migrants, and families,
  • organising social, cultural, educational, and sports programs,
  • participating in humanitarian efforts,
  • and promoting Chitwan and Nepal internationally.

We have walked this journey with integrity, transparency, and community spirit. I would like to express my heartfelt thanks to all executives, advisors, volunteers, members, and well-wishers for their continuous support. Let us continue working together with the same unity, dedication, and mutual respect.

Thank you.

Uttam Adhikari

President
Chitwan Samaj South Australia.

21 November 2025

चितवन जिल्लाको चिनारी

चितवन जिल्ला नेपालमा रहेका ७७ जिल्लाहरुमध्य एक हो ।समुद्र सतह देखि १४४ मिटरदेखि १९४७ मीटरसम्म फैलिएका यस जिल्लाको कुल क्षेत्रफल २२३८।३९ वर्ग किलोमिटर रहेको र जनसख्या ७१९८५९ रहेको यस जिल्लाको हावापानी समशितोष्ण र उष्ण प्रकृतिको रहेको छ ।   प्रदेश नं. ३ अन्तर्गत पर्ने चितवन जिल्लामा एक गाउँपालिका, एक महानगरपालिका र पाँच नगरपालिका गरी जम्मा सात वटा स्थानीय तह रहेको छ भने निर्वाचन क्षेत्रको आधारमा तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र छ वटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो भरतपुर महानगरपालिकाको क्षेत्रफल ४३२.९५ वर्ग कि.मि. र सबैभन्दा सानो रत्ननगर नगरपालिकाको क्षेत्रफल ६८.६८ वर्ग कि.मि. रहेको छ । त्यस्तै एकमात्र इच्छाकामना गाउँपालिकाको क्षेत्रफल १६६.७३ वर्ग कि.मि. रहेको छ । 
चितवन जिल्लाकाे नामाकरण :
१. चित्रसेनको नामवाट यस स्थानको नाम चितवन भएको कुरा चितवन जिल्लाका आदिवासी भनिने थारु जातिका जानकार हरु बताउछँन् । कसैले पहिले चितवनमा धेरै चितुवा पाइन्थे अनि चितवनमा चार कोसे झाडी(वन) पनि थियो रे जसले गर्दा चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुनपुग्यो ।पोराणिक कुरालाइ मान्ने हो भने त्रेता युगमा देवी सीताको वनवास यही भएको मानिन्छ । सीताको वास भएको वन भनेर “सीतावन” भनिने गरेको हुनाले कालान्तरमा आएर सीतावनवाट चितवन हुन गएको विश्वास गरिन्छ । वाल्मीकि आश्रम यही रहनु र सीताप्रवासका लक्ष्मण पनि यहीनै देखिएकाले र भाषाविज्ञानको दृष्टीमा “सीतावन” नै शास्त्र सन्निकट रहेको मानिएकाले उक्त तकर्मा सत्यता भएको विश्वास गरिएको छ ।

ताल तथा कुण्डहरु : बीसहजारी ताल, सत्रहजार ताल, सत्ताइसहजार ताल, अठ्ठाइस हजार ताल, नन्दभाउजु ताल, तमोरघैला ताल, कसरा ताल, मन्जुरा ताल, अन्जुरा ताल, गडुवा ताल, मुण्डा ताल, देवी ताल, बैकुण्ठ ताल, अन्जना ताल, परशुराम कुण्ड तथा बाटुलेपोखरी आदि ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु : देवघाट, बागेश्वरी, गणेशस्थान, शिवघाट, त्रिवेणी, गोद्धक, पाण्डवनगर, सोमेश्वर कालिका, बिक्रमबाबा, चित्रसारी, जुट्पानी कालिका, उपरदाङगढी, चितवन राष्ट्रिय निकुञ्ज, सौराह, कुरिनटार, पुराने गढी, सोमेश्वर गढी, कविलासपुर गढी, सिराईचुली
मुख्य बजार केन्द्रहरु : नारायणगढ, टाँडी, पर्सा, खैरहनी, पर्साढाप, मुग्लिन, चनौली, रामपुर, मंगलपुर, जगतपर, गितानगर, शिवनगर, भण्डारा, कुरिनटार, वसन्तपुर, बरुवा बजार, पटिहानी, पार्वतीपुर, शारदानगर, मेघौली आदि।
चितवनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ । काठमाडौं, पोखरापछि तेस्रो स्थानमा पर्दछ चितवन ।  मुख्यगरीयस जिल्लामा फैलिएको चितवन राष्ट्रिय निकुञ्जमा  दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ, विभिन्न चराचुरुङ्गी हेर्न तथा जंगल सफारीको आनन्द लिन अन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।
वार्षिक करीव २ लाख पर्यटक चितवन आउने यस चितवनमा नेपाल आउने पर्यटकको जम्मा २० प्रतिशत मात्रै पर्यटक चितवन आउने गरेको पाइन्छ । यसलाई बढाउने पहल भइरहेको छ ।जिल्लाको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा सौराहालाई लिने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने अधिकांश पर्यटकहरु सौराहा क्षेत्र भएर नै निकुञ्ज प्रवेश गर्ने गरेका छन् । सौराहाका अलावा पटिहानी, मेघौली, देवघाट जस्ता क्षेत्र पनि यहाँका प्रमुख पर्यटकीय केन्द्र हुन् । यहाँ सयौं मिटर अग्ला डाँडामा अति सिमान्तकृत चेपाङ समुदायदेखि नदी तटीय क्षेत्रमा बस्ने बोटे, थारु, मुसहर जातिसम्मको संस्कृति र मौंलिक रहनसहन देख्न पाइन्छ । देशको ७७ वटै जिल्लाका नागरिक यहाँ छन् . 

Exploring Chitwan District: A Hidden Gem of Nepal's Tourism

Introduction


Located in the southern part of Nepal, Chitwan District is a true gem waiting to be discovered by travellers seeking an authentic and unforgettable experience. Known for its lush jungles, vibrant culture, and diverse wildlife, Chitwan offers a unique blend of adventure and relaxation. In this blog post, we'll explore the exciting tourism opportunities in Chitwan District, Nepal, and uncover all it has to offer.


1.    Natural Wonders
Chitwan is famous for the Chitwan National Park, a UNESCO World Heritage Site and Nepal's prized natural treasure. This vast jungle sanctuary protects endangered species like Bengal tigers, one-horned rhinoceroses, and Asian elephants. You can go on exciting jungle safaris by jeep or elephant to see these majestic animals in their natural home.
2.    Jungle Adventures
If you're an adventure lover, Chitwan has tons of thrilling activities to offer. You can go zip-lining through the jungle, canoe along the Rapti River, hike through lush forests, and birdwatching here is fantastic with over 500 bird species to spot.
3.    Cultural Immersion
Chitwan is not just about wildlife; it's also a melting pot of cultures. The indigenous Tharu people have a deep-rooted connection to the land and its traditions. Visitors can participate in Tharu cultural programs, which include traditional dances, music performances, and authentic cuisine. Homestays with Tharu families offer a unique opportunity to immerse yourself in their way of life.
4.    Peaceful Retreats
For those seeking peace and quiet, Chitwan has an array of serene retreats along the banks of the Rapti and Narayani Rivers. These eco-friendly lodges and resorts provide a chance to unwind in the lap of nature, with stunning river views and luxurious accommodations. Imagine waking up to the soothing sounds of the river and the chirping of birds.
5.    Community Tourism
Chitwan is also a hub for community-based tourism initiatives. Many local communities have developed sustainable tourism programs that allow visitors to engage directly with the people and learn about their customs and traditions. These experiences often include pottery workshops, traditional cooking classes, and opportunities to contribute to local conservation efforts.
6.    Responsible Tourism
Chitwan District places a strong emphasis on responsible and eco-friendly tourism practices. Sustainable lodges and tour operators prioritize conservation efforts, minimize their carbon footprint, and support local communities. When visiting Chitwan, travellers can feel good about their positive impact on both the environment and the people.


7.    Accessibility
Getting to Chitwan District is easier than ever. The nearest city, Bharatpur, has an airport with regular flights from Kathmandu, making it convenient for both domestic and international travellers. Additionally, a well-maintained road network connects Chitwan to major cities in Nepal.
Conclusion
Chitwan District is a dream destination with its stunning natural beauty, cultural heritage, and dedication to eco-friendly tourism. Whether you're an adventure seeker, a nature lover, or someone looking to immerse yourself in a new culture, Chitwan has something to offer everyone. So, pack your bags, and prepare to embark on a journey of a lifetime in this hidden gem of Nepal. Chitwan District awaits, ready to leave an indelible mark on your heart and soul.

 

Subscribe To Newsletter

Become a CSSA Friend

* indicates required

About Us

Chitwan Samaj South Australia (CSSA INC) is a non-profit community organization dedicated to serving the Chitwan community residing in South Australia. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Quick Links

Contact Us

37 Tarranna Avenue Plympton Park 5038

Copyright © 2026 CSSA. All rights reserved

Powered by Bitmap I.T. Solution Pvt. Ltd.